Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ३ जेठ २०८० । जापानमा रोकि राखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई नेपालीसहित ३ जनाको मृत्यु भएको छ। ४० जना सवार सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या आएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो। ट्रकको ठक्करबाट दुई नेपाली र एक जापानी महिलाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

रोकिरहेको बसलाई तिव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो। प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा रहेको जनाएको छ। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया