Online Bichar
सोमबार, आषाढ ११, २०८१ | Monday, June 24, 2024

एजेन्सी, २ जेठ २०८० । अमेरिकाको न्युमेक्सिकोमा एक किशोरले अन्धाधुन्द गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ ।

न्युमेक्सिकोको फार्मिङ्टनको एउटा चर्च बाहिर १८ बर्षिय किशोरले अन्धाधुन्दा गोली प्रहार गरेका हुन । घटनामा तीन प्रहरीसहित थुप्रै घाइते भएको जनाइएको छ । १८ बर्षिय किशोर मात्रै भनिएका आक्रमणकारी पनि प्रहरी कारबाहीमा मारिएका छन् ।

चर्च बाहिरको वस्तीमा एक किशोरले स्वचालित हतियारबाट मनपरी गोली प्रहार गर्दै दौडिएपछि स्थानीयहरुमा कोलाहल मच्चिएको थियो । प्रहरीले मारिनेहरुको परिचय खुलाएको छैन भने घाइतेहरुको विवरण पनि दिएको छैन । घाइते भएका तीन जना प्रहरीको स्थानीय अस्पतालमा उपचार भईरहेको र उनीहरुको अवस्था स्थिर रहेको फार्मिङ्टन प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया