Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

एजेन्सी, ३० वैशाख २०८० । दक्षिणपूर्वी इथियोपियामा हैजाका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय ९यूएनओसीएचए० ले दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ९४ जना पुगेको हो । हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाई सञ्चालन गरिएको छ ।

यूएनओसीएचएले इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने चेतावनी दिएको छ । विशेष गरी सुरक्षित खानेपानीको आपूर्ति र सरसफाईमा देखिएको कमजोरीका कारण त्यहाँ हैजाको जोखिम उच्च रहेको छ ।

यूएनओसीएचएले मुखबाट दिइने हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया