Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

एजेन्सी, ३० वैशाख २०८० । श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

पेनीलाई शुक्रबार दिउँसो म्यानहट्टन फौजदारी अदालतमा उपस्थित गराइदै छ। मे १ मा नीलीको मृत्यु भएकै दिनमा न्यु योर्क प्रहरीले पेनीलाई सोधपुछ मात्र गरेर रिहा गरेको थियो जसका कारण व्यापक विरोध प्रदर्शन भएको थियो ।

मे ३ मा नीलीको हत्या भएको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको छ । म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयका प्रवक्ताले बिहीबार पेनीलाई नरसंहारको आरोपमा पक्राउ गरिने बताएका छन्।

 

तपाईको प्रतिक्रिया