Online Bichar
बिहिबार, आषाढ ०७, २०८१ | Thursday, June 20, 2024

एजेन्सी, २८ वैशाख २०८० । इजरायली सेनाले बिहीबार बिहानै गरेको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरको मृत्यु भएको छ ।

इजरायली लडाकु विमानले बिहीबार बिहानै हमाद शहरको आवास क्षेत्रमा रहेको एउटा भवनलाई निशाना बनाएर गरेको आक्रमणमा अबु मोहम्मद नामले चिनिने कमाण्डरको मृत्यु भएको हो । इजरायली सेनाले बुधबार दिनभर र राति गरी १ सय ३० बढी निशानामा बमबारी गरेको छ ।

प्यालेस्टिनी मिलिसियाले पनि साढे ४ सय बढी रकेट इजरायलतर्फ प्रहार गरेको छ । इजरायली सेनाको आक्रमणबाट आफ्नो मिसाइल युनिटका वरिष्ठ कमाण्डर अलि हसन गलीको मृत्यु भएको इस्लामिक जिहादले स्वीकार गरेको छ । इजरायली सेनाले पछिल्ला ३ दिनमा गरेको गाजामा मात्रै करिब ५० जनाको ज्यान गइसकेको छ ।

इजरायली सेनाको आक्रमण बिहीबार पनि जारी रहेको छ ।

 

तपाईको प्रतिक्रिया