Online Bichar
आइतबार, फाल्गुण २०, २०८० | Sunday, March 3, 2024

एजेन्सी, १९ वैशाख २०८० । अमेरिकाको फेरेडल रिजर्भले अमेरिकाको बैंकिङ प्रणाली निकै मजबुत र उत्थानशील रहेको दाबी गरिरहेकाबेला अमेरिकामा फेरि अर्को बैंक टाट पल्टिएको छ ।

यता, कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले यो संकटग्रस्त बैंकलाई स्वामित्व लिएको बताइएको छ । जेपी मोर्गन फर्स्ट रिपब्लिकन बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र साथै ९२ अर्ब अमेरिकी डलरको बचतको टेकओभर गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जेपी मोर्गन र कर्पोरेसनबीच यसबाट हुने घाटा दुवैले बेहोर्ने पनि सहमति पनि भएको छ । मार्च महिनामै बचतकर्ताहरूले सन फ्रान्सिस्कोमा मुख्यालय रहेको बैंकबाट १ खर्ब अमेरिकी डलर निकालेपछि त्यसको शेयर मूल्य ७५ प्रतिशतले घटेको थियो ।

गत मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएका थिए । जसले बैंकिङ संकट उत्पन्न हुने शंका गरिएको थियो । अमेरिकामा दुई महिनाभित्र तेस्रो बैंक टाट पल्टिएको हो । मार्चमा अमेरिकामा ठूला बैंकहरूको समूहले फर्स्ट रिपब्लिक बैंकलाई स्थायित्व दिनका लागि ३० अर्ब अमेरिकी डलर उपलब्ध गराएको भएपनि बैंकलाई टाट पल्टिनबाट रोक्न भने नसकेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया