Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, १९ वैशाख २०८० । गत आइतबार युक्रेनको रक्षा मन्त्रालयले देवी कालीको आपत्तिजनक तस्बिर ट्विट गरेपछि भारतमा निकै हंगामा मच्चिएको छ ।

भारतीयहरूले सामाजिक सञ्जालमा यसलाई हिन्दूफोबिक भन्दै कडा आपत्ति जनाएका छन् । त्यसपछि युक्रेनी रक्षा मन्त्रालयले लगत्तै उक्त कार्टुन हटाएको छ । भारतीय सूचना तथा प्रसारण मन्त्रालयका वरिष्ठ सल्लाहकार कञ्चन गुप्ताले कार्टुनले विश्वभर फैलिएका हिन्दूहरुको भावनामाथि प्रहार भएको भन्दै आलोचना गरेका छन् । भारतीय संचार माध्यमहरुका अनुसार यसपछि मंगलबार युक्रेनले कार्टुनका लागि माफी मागेको छ । युक्रेनका उपविदेशमन्त्री एमिन झापरोभाले आफ्नो एउटा ट्वीटमा युक्रेनको रक्षा मन्त्रालयले हिन्दूहरुका देवी कालीको बारेमा गरेको ट्विटप्रति खेद व्यक्त गरेकी छिन् ।

युक्रेनको रक्षा मन्त्रालयले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट ट्वीटमा दुई तस्बिरको कोलाज ट्वीट गरेको थियो । जसमा पहिलो तस्विरमा धुवाँको बेलुनले आकाश छुन लागेको देखिएको थियो । वास्तवमा, यो तस्बिर शनिबारको थियो । जब रुसले क्रिमियामा युक्रेनको १० तेल ट्याङ्करलाई ड्रोनले आक्रमण गरेको थियो। आक्रमणपछि त्यहाँ धुवाँको मुस्लो उडेको थियो । यो तस्बिरमा युक्रेनी रक्षा मन्त्रालयले कालीको आपत्तिजनक तस्बिर राख्यो र क्याप्सन दियो– वर्क अफ आर्ट। तस्विरमा हलिउड अभिनेत्री मर्लिन मुनरोको प्रसिद्ध पोजमा हिन्दू देवी देखाइएको छ ।

यो देखेर सामाजिक सञ्जालमा भारतीयहरू आक्रोशित भएका हुन् । भारतीयहरुले युक्रेनले रुसविरुद्ध भारतको समर्थन नपाउनुको कारण यही हो समेत भन्न भ्याएका छन् । सामाजिक सञ्जालमा एक भारतीयले युक्रेनप्रति लक्षित गर्र्दै लेखेकम छन् ‘हो, पहिले तस्विरबाट धर्मको अपमान गर्नुहोस्, त्यसपछि हटाइदिनुहोस् किनभने भविष्यमा आपसी सम्मान र मित्रतालाई नष्ट गर्न सक्छ ।’

युक्रेनका उपविदेशमन्त्रीले यसबारे माफी माग्दै ट्वीट गरेकोमा त्यसमा भारतीय सूचना तथा प्रसारण मन्त्रालयका वरिष्ठ सल्लाहकार गुप्ताले युक्रेनी सरकारले हिन्दू देवताहरूको जानाजानी उपहास गर्नु भनेको आपसी सम्मान र मित्रताको बाटो होइन भनेका छन् ।

 

तपाईको प्रतिक्रिया