Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, ७ वैशाख २०८० । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि चर्किएको सत्ता संघर्षमा युद्ध बिराम गराउने प्रयास असफल भएको छ ।

सरकारी सेना र विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स ९आरएसएफ० बीचको संघर्ष छैटौं दिन प्रवेश गर्दा सयौं सर्वसाधारणको मृत्यु भएको छ । करिब २ हजार घाइते भएका छन् ।

दुई पक्षलाई युद्ध बिराम गराई वार्ता गराउने राष्ट्र संघीय एजेन्सी लगायतको प्रयास असफल भएको छ ।सत्ता संघर्षले चरम रुप लिंदा सर्वसाधारण भने देश छाडेर पलायत हुने क्रम बढेको छ ।

सुडानबाट हजारौं सर्वसाधारण बाहिरिएका छन् ।

 

तपाईको प्रतिक्रिया