Online Bichar
बिहिबार, आषाढ ०७, २०८१ | Thursday, June 20, 2024

एजेन्सी, ६ वैशाख २०८० । चीनको बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको हो ।

सो अस्पतालको अन्तरंग विभागबाट फैलिएको आगो अस्पताल भवनको अन्य कक्षहरुमा समेत फैलिएको थियो ।

आगलागी भए लगत्तै सोही अस्पतालमा उपचाररत ७१ जना बिरामीलाई बाहिर निकालिइएको थियो ।

आगलागी भएको आधा घण्टाका बीचमा आगो नियन्त्रणमा लिईएतापनि आगलागीका कारण ठूलो जनधनको क्षति भएको हो ।

अहिले आगलागीको कारणबारे छानबिन थालिएको छ ।

 

तपाईको प्रतिक्रिया