Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

एजेन्सी, ३ वैशाख २०८० । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा गुण्डा नाइके दाजुभाइको प्रहरी घेराबीच हत्या भएको छ ।

शनिबार राति १० बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै गर्दा गुण्डा नाइकेद्वय एवं राजनीतिकर्मीद्वय अतिक अहमद र असरफ अहमदको प्रहरी घेरामै गोली हानी हत्या गरिएको हो ।

गुण्डा नाइकेबाट राजनीतिकर्मी बनेका उनीहरु मिडियासँग कुरा गर्दै अघि बढेको बेला भीडबाट उनीहरुमाथि गोली प्रहार भएको थियो । गोली हानेको दृष्य पनि क्यामेरामा कैद भएको छ ।

घटनालगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लवलेश तिवारी, अरुण मौर्य र सनी कासगञ्ज रहेका छन् ।

उनीहरु रिपोर्टर बनेर अहमद दाजुभाईको नजिक पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उत्तर प्रदेश विधानसभामा चार पटक सांसद रहिसकेका अतिक अहमदमाथि अपहरण, हत्या, असुली, बलात्कारलगायत एक सय बढी आरोपहरु विभिन्न अदालतमा विचाराधीन छन् । ४४ वर्ष अघि उमेश पाल नामक ब्यक्तिको अहरणपछि हत्या गरेको आरोपमा गत महिना अदालतले अतिकलाई जन्मकैदको सजाय सुनाएको थियो ।

अतिक अहमदका हरेक बदमासीमा उनका भाइ असरफको साथ रहने गरेको पनि प्रहरीको भनाइ छ ।

अतिक अहमदका छोरा दुई दिन अघि झाँसीमा प्रहरी कारबाहीमा मारिएका थिए ।

 

तपाईको प्रतिक्रिया