Online Bichar
शनिबार, आश्विन ०६, २०८० | Saturday, September 23, 2023

एजेन्सी, ३ वैशाख २०८० । फ्रान्समा व्यापक विरोधका बीच अवकाशको उमेर बढाइएको छ । नयाँ नियम अनुसार ६२ वर्षको अवकाश उमेर बढाएर ६४ वर्ष कायम गरिएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धि सम्बन्धी कानुनमा हस्ताक्षर गर्नुभएको हो । नयाँ व्यवस्था आगामी सेप्टेम्बरदेखि लागू हुनेछ ।

देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर ६४ वर्ष हुनुपर्ने प्रस्तावित कानुनलाई अनुमोदन गरेको केही घण्टामै राष्ट्रपति म्याक्रोंले त्यसमा हस्ताक्षर गर्नुका साथै विद्यमान निवृत्तिभरण प्रणालीलाई ध्वस्त हुनबाट जोगाउन त्यसमा सुधार गरिएको जानकारी दिनुभएको छ ।

संवैधानिक परिषद्को निर्णयप्रति असहमति जनाउँदै प्रदर्शनककारीले विरोध गरेका छन् । सोही क्रममा सय बढी पक्राउ परेका छन् ।

पेन्सन सुधार योजना विरुद्ध देशका विभिन्न भागमा १२ दिनसम्म प्रदर्शन भएका थिए । कर्मचारी युनियनहरूले विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताउँदै यही वैशाख १८ गते अर्थात् मे दिवसका दिन सडकमा आउन मजदुरहरूलाई आह्वान गरेका छन् ।

 

तपाईको प्रतिक्रिया