Online Bichar
शनिबार, आषाढ ०९, २०८१ | Saturday, June 22, 2024

एजेन्सी, २८ चैत २०७९ । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा बम बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।

बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटामा प्रहरीको गाडी लक्षित विस्फोटमा थुप्रै घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

सुरक्षाकर्मीका अनुसार तैनाथीमा रहेको प्रहरी भ्यान नजिकै पार्किङमा रहेको मोटरसाइकलमा राखिएको बमलाई रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको हो ।

घटनास्थललाई सुरक्षा घेरा गरी अनुसन्धान गर्न थालिएको छ ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

 

तपाईको प्रतिक्रिया