Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

एजेन्सी, २७ चैत २०७९ । जापानको माउन्ट फुजी चडने क्रममा दुर्घटनामा परि एक नेपाली युवाको निधन भएको छ। सोलुखुम्बुको नाम्चे घर भएका छिरिङ शेर्पासहित दुईजना जापानी नागरिक र एकजना अमेरिकी गरी जम्मा चारजनाको टोली फुजी हिमाल आरोहण गरी फर्कने क्रममा दुर्घटनामा परि शेर्पाको निधन भएको हो ।

फर्कने क्रममा एक जापानी नागरिक चिप्लिएर चोट लागेको खबर पाएपछि उद्धारको लागि हेलिकप्टरको साहयता लिएपनि प्रतिकुल मौसमका कारण घटनास्थलमा हेलिकप्टर बस्न नसकेपछि १५ जनाको उद्धार टोली पठाई घाइतेलाई नजिकैको अस्पताल ल्याइएको थियो । मृतक शेर्पाको शव भने प्रतिकुल मौसमको कारण शनिबार (एक सातापछि) घटनास्थलबाट टोकियो ल्याइ परिवारले शव जिम्मा लिएको थियो। मृतक शेर्पा, शेर्पा संघ जापानको सल्लाहकार समेत थिए ।

उनी श्रीमती र २ जना छोरासहित करिब २ दशकदेखि जापानको खानागावा केनमा बसोबास गर्दै आईरहेका थिए। आज शेर्पाको जापानमानै अन्तिम दाहसंस्कार गरिने भएको छ ।

 

तपाईको प्रतिक्रिया