Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

काठमाडौं, २२ चैत २०७९ । पेरिस ओलम्पिक महिला फुटबल एशिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले बुधबार भियतनामसँग खेल्दैछ । खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

फिफा वरियतामा आफूभन्दा माथि रहेको भियतनामविरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदानमा उत्रनेछ ।

भियतनामले २०२३ को महिला विश्वकप खेल्दैछ । फिफा वरियतामा भियतनाम ३३ औं स्थानमा रहेको छ भने नेपाल १०० औं स्थानमा रहेको छ ।

ओलम्पिकको पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् ।

प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । नेपालले दोस्रो खेलमा भियतनामसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छ ।

 

तपाईको प्रतिक्रिया