Online Bichar
बुधबार, आश्विन ०२, २०८१ | Wednesday, September 18, 2024

तेह्रथुम, २२ चैत २०७९ । तेह्रथुमको म्याङ्लुङ नगरपालिका– ५ मा निर्मित खेल मैदानको औपचारिक उद्घाटन गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटबाट निर्माण गरिएको खेलकुद मैदानको म्याङ्लुङ नगरपालिका प्रमुख सञ्जय तुम्बाहाङ्फेले उद्घाटन गर्नुभयो ।

खेल मैदानको उद्घाटन गर्दै नगरप्रमुख तुम्बाहाङ्फेले खेल क्षेत्रको समग्र विकासका निम्ति आफू लागि परेको र वडा नं।५ को खेल मैदानलाई व्यवस्थित गर्न आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा स्वर्गीय बुद्धराज–सयकी सेनेहाङ स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको समेत उद्घाटन गरिएको छ । ग्रामिण क्षेत्रका युवाहरुलाई खेलकुदमा रुचि भएर पनी खेलमैदान नहुँदा समस्या हुँदै आएकोले खेलमैदान निमार्ण गरिएको म्याङलुङ नगरपालिका–५ का वडाध्यक्ष राजकुमार सेनेले बताउनुभयो ।

खेलकुद प्रतियोगिताको उद्घाटनमा मेन्छ्यायेम केलाङ समाज र आयोजक बीच मैत्रीपूर्ण खेल भएको छ । खेलमा समाजले आयोजकलाई पराजित गरेको छ ।

प्रतियोगिताको प्रथमले नगद रू.५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रोले रू. ३१ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

१६ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल चैत २५ गते हुने आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया