Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

एजेन्सी, २२ चैत २०७९ । भारतमा फेरि कोरोना संक्रमण तीव्र गतिमा बढ्नुका साथै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणकै कारण १५ जनाको मृत्यु भएको छ भने ४ हजार ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या एक वर्ष यताकै उच्च हो ।

संक्रमितको हिसाबले विश्वमा पहिलेनै १० मुलुकभित्र रहेको भारत अहिले कोरोनाबाट बढी ज्यान गुमाउने मुलुकमा पनि १० मुलुकभित्र परेको छ । अहिले सक्रिय संक्रमित २३ हजार भन्दा बढी रहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो ४ दिनमा २ यस प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भइरहेको छ भने यो अवधिमा ४० जनाले ज्यान गुमाएका छन् ।

भारतमा कोरोना सुरु भए यता साढे चार करोड बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने ५ लाख ३० हजार ९ सय १६ जनाले ज्यान गुमाएका छन् ।

 

तपाईको प्रतिक्रिया