Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

एजेन्सी, २१ चैत २०७९ । ट्वीटर कम्पनीका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् ।

ट्वीटरको माइक्रो–ब्लगिङ साइटमा ठूलो परिवर्तन गर्दै मस्कले नीलो रङको चराको सट्टा जापानी कुकुर शिवा इनुलाई ट्वीटरको लोगो बनाएका हुन् । गत अक्टोबरमा ट्वीटरको स्वामित्व लिएपछि एकपछि अर्को चर्चाका निर्णय गर्दै आएका मस्कले सोमबारराति ट्वीटरको लोगो फेर्दै अर्को चर्चा सिर्जना गरेका छन ।

डेस्कटप र ल्याटप प्रयोगकर्ताहरुले लोगो परिवर्तन भएको देखे पनि मोबाइल एपमा भने तत्काल परिवर्तन हुने छैन । यस अघि ट्वीटरमा निलो टिकका लागि शुल्क लिने निर्णय गरेका थिए । मस्कले कम्पनीका सीईओ पराग अग्रवालसहित ठूलो संख्यामा कर्मचारी कटौती पनि गरेका थिए ।

ट्वीटरको नयाँ लोगो बनाइएको शिवाइनु कुकुर डोजक्वाइन नामक क्रिप्टो करेन्सीको समेत लागो रहेकाले ट्वीटर प्रयोगकर्ताहरुबीच यसले बढी चर्चा पाएको छ । सफ्टवेयर इन्जिनियरद्वय बिली मार्कस र ज्याक्सन पाल्मरले सन् २०१३ मा बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीहरूको मजाक उडान कुकुरको लोगो राख्दै डोजक्वाइन सुरु गरेका थिए ।

 

तपाईको प्रतिक्रिया