Online Bichar
आइतबार, बैशाख ०२, २०८१ | Sunday, April 14, 2024

एजेन्सी, २१ चैत २०७९। बंगलादेशको राजधानी ढाकामा मंगलबार भीषण आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर राजधानी ढाकास्थित बंगबजार मार्केटमा आगलागी भएको हो । आगो नियन्त्रण गर्नका लागि ४७ वटा दमकल प्रयोग गरिएको जनाइएको छ ।

इन्टर सर्भिसेज पब्लिक रिलेसन्स ९आईएसपीआर० ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली समेत खटाएको छ। प्रत्यक्षदर्शीका अनुसार केही ब्यापारीहरुले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानतर्फ गएको देखिए पनि केहीले आफ्ना सामान जोगाउन नसकेको जनाइएको छ ।

अहिलेसम्म मानवीय क्षति भने नभएको जनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार बजारका पसलका सञ्चालकले आगलागीको खबर सुन्ने बित्तिकै सामान हटाउन थालेका थिए ।

 

तपाईको प्रतिक्रिया