एजेन्सी, १६ चैत २०७९ । अमेरिकाको केन्टकी प्रान्तको ट्रिग काउन्टिमा अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटना भएको छ।
स्थानीय समाचार रिपोर्टमा बताइए अनुसार स्थानीय समयानुसार बुधबार राति साढे ९ बजे भएको घटनामा परी ९ जनाको मृत्यु भएको हो । स्थानीय सेनाले पनि आफ्नो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
केन्टकीका गभर्नर एन्डी बेशियरले घटनाको पुष्टि गर्दै दुर्घटनामा थप मानिसहरूको मुत्यु हुने सम्भावना रहेको बताउनुभएको छ । फोर्ट क्याम्पबेल मिलिटरी बेसका प्रवक्ताले बीबीसीलाई दिएको जानकारीमा दुई वटा एचएच ६० ब्ल्याकहक हेलिकोप्टर नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको बताएका छन् ।
चालक दलका सदस्यको अवस्थाको बारेमा कुनै जानकारी नभएको जनाइएको छ ।