Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

एजेन्सी, १४ चैत २०७९ । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीलाई भारतीय संसद लोकसभाले सरकारी निवास खाली गर्न आदेश दिएको छ ।

लोकसभाको हाउजिङ कमिटीले सोमबार गान्धीलाई सरकारी निवास खाली गर्न सूचना जारी गरेको हो।लोकसभाको सांसद सूची रहेको वेबसाइटबाट नाम हटाउँदै गान्धी निर्वाचित भएको क्षेत्र वायनाडलाई रिक्त घोषित गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गान्धीको सो निर्वाचन क्षेत्र खाली भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन घोषणा गर्ने तयारी सुरु गरेको छ । कांग्रेस नेता गान्धीलाई गत बिहीबार सुरतको एक अदालतले ४ वर्ष पुरानो मानहानीको मुद्दामा २ वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाएको थियो ।

 

तपाईको प्रतिक्रिया