Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

जेबि खड्का
गौरादह, १३ चैत २०७९ । गौरादह नगरपालिका वडा नं.८ मा टोल बिकास स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।वडा नं (८ को खेलकुद बिकास समितिद्वारा आयोजित खेलमा क्रिकेट,फुटबल, म्याराथुन दौड र महिलाहरुको मयुजिकल चियर प्रतियोगिता भएको थियो। गत चैत्र १ गते बाट संचालन गरिएको खेलकुद प्रतियोगिता सोमबार समापन भएको थियो।वडा को १ लाख ५० हजारको वडा सिलिङ बजेटबाट कार्यक्रम संचालन गरिएको वडा नं.८ का वडाध्यक्ष गणेश राजवंशीले बताएका छन।

अरुणोदय आधारभूत बिद्यालयको खेल मैदानमा सम्पन्न खेलमा क्रिकेट तर्फ दामावारी टोल बिकास समिति प्रथम, र जोरपोल टोल बिकास समिति दोस्रो भएको थियो। प्रथम हुने टोलीले नगद ८ हजार, दोस्रोले ५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेका थिए।म्याराथुन दौड तर्फ हरदेब राजवंशी प्रथम, सूर्य पौदार दोस्रो र नवराज न्यौपाने तेस्रो भएका थिए। प्रथमले नगद ४ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार सहित ट्रफी मेडल प्रमाणपत्र हात पारेका थिए,म्युजिकल चियर तर्फ गिता माझी प्रथम, चाँदनी माझी दोस्रो र प्रेयींका माझी तेस्रो भएका थिए।

प्रथम हुनेले नगद ३ हजार, दोस्रोले २ हजार र तेस्रोले १ हजार सहित ट्रफी मेडल प्रमाणपत्र हात पारेका थिए।फुटबल तर्फ पक्की भिट्टा र शान्ति टोल बिकास समिति बिच भएको फाइनल खेलमा शान्ति टोल बिकास समितिले उपाधी उचालेको छ।निर्धारित समयमा १र१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइबरेकर्ड मार्फत लिइएको थियो। ट्राइबरेकर्डमा पक्की भिट्टा टोल बिकास समिति पराजित भएको हो।

प्रथम हुने शान्ति टोल बिकास समितिले नगद १० हजार र दोस्रोले ५ हजार सहित ट्रफी मेडल प्रमाणपत्र हात पारेका थिए। खेलकुद बिकास समिति वडा नं.८ का अध्यक्ष बाबुराम राजवंशीको सभापतित्वमा सम्पन्न खेलमा गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदी प्रमुख अतिथि रहेका थिए। समितिका सचिब अतीत राजवंशीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन नगेन्द्र के।शि।ले गरेका थिए।

 

तपाईको प्रतिक्रिया