Online Bichar
शनिबार, साउन ०५, २०८१ | Saturday, July 20, 2024

काठमाडौं, १३ चैत २०७९ । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाललाई रुसले पराजित गरेको छ ।

बंगलादेशमा भइरहेको प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नेपाललाई रुसले ३–० ले पराजित गरेको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भने भुटानलाई ५–० ले पराजित गरेको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र रुस सहभागी भएका छन् । नेपालले अन्तिम खेलमा मंगलबार बंगलादेशको सामना गर्ने भएको छ । राउण्ड रोबिन लिगको आधारमा चलेको प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

अहिलेसम्म सबै ३ खेल जितेको रुस ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । भारत र बंगलादेशले ६–६ अंक जोडेका छन् । नेपानलको ३ अंक छ भने अंकविहीन भुटान पुछारमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया