Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

धनकुटा, १२ चैत २०७९ । धनकुटामा यहि चैत ८ गतेबाट संचालन भएको कोशी प्रदेश स्तरीय तथा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

सोही प्रतियोगिता अन्तर्गत प्रदेश खुल्ला मेन्स सिङ्गल्स तर्फ सुनसरीका सत्यम सुब्बा प्रथम र झापाका प्रनिश सिंहठकुरी द्वितीय भएका हुन् । भोजपुरका विशाल तामाङ र झापाका नविन सिलवालले तृतीय स्थान हासिल गरेका छन् ।

त्यस्तै, खुल्ला ओमन सिङ्गल्समा मोरङकी निता लम्साल प्रथम र उदयपुरकी रोजी राई द्धितीय भएका छन् । धनकुटाकी अरुणा तामाङ र झापाकी अञ्जना राईले तेस्रो स्थान प्राप्त गरेका छन् । विजेताहरुले २० हजार १२ र ४(४ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

मिक्स डबलतर्फ झापाका प्रनिश सिंहठकुरी र अनिता गिरीको जोडी प्रथम भएका छन् । झापाकै नवीन सिलवाल र अञ्जना राईको जोडीले दोस्रो स्थान हासिल गरेका छन् । उनीहरुले क्रमश ३० र २० हजार रुपैयाँ नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया