Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ११ चैत २०७९ । २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार सुदूरपश्चिम ११ र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन् ।

चैत ४ गतेदेखि सुरू भएको प्रतियोगिताको फाइनल बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टर देविनगरमा शनिबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

सुदूरपश्चिम थ्री स्टारलाई पराजित गर्दै पहिलोपटक तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको हो । सुदूरपश्चिमले २ जना भारतीय खेलाडीसहितको टिम उतारेर मनाङको चुनौती सामना गर्दैछ ।

मनाङ भने फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा पाखा लगाउँदै उपाधि नजिक पुगेको हो । मनाङले तीनजना विदेशी खेलाडीसहितको टिम उतार्ने छ ।

दुई विभागीय सहित ८ टिमले भाग लिएको प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने यी दुवै टिमले हालसम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेका छैनन् ।

फाइनलअघि भएको प्रिम्याच कन्फेरेन्समा दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् ।

गोल्डकपको बिजेताले ११ लाख ११ हजार १११ रुपैयाँ, उपबिजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले बताए ।

२१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो ।

 

तपाईको प्रतिक्रिया