Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

एजेन्सी, १० चैत २०७९ । उत्तर कोरियाले पानीभित्र आणविक आक्रमण गर्न सक्ने ड्रोनको परीक्षण गरेको छ ।

सोही ड्रोनले पानीभित्र आणविक आक्रमण गरी सुनामी उत्पन्न गर्ने र पानी जहाज तथा बन्दरगाहहरु ध्वस्त गर्न सक्ने उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले जनाएको हो । कुनै पनि बन्दरगाह वा तटीय क्षेत्रमा उक्त ड्रोन प्रक्षेपण गर्न सकिने पनि केसीएनएको दावी छ ।

गत मंगलबार दक्षिणी हामग्योंङ प्रान्तस्थित समुद्रमा गरिएको अभ्यासका क्रम उक्त ड्रोनले ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टा १२ मिनेटसम्म सफलतापूर्वक काम गरेको दावी समेत गरिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले ड्रोन परीक्षणलाई दिशा निर्देश गरेको र वासिङटन तथा सउललाई उत्तर कोरियाको आणविक क्षमताको महसुस गराउने बताएको केसीएनएले जनाएको छ ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले पनि समुद्री क्षेत्रमा नक्कली शत्रुहरुमाथि निशाना लगाउन उत्तरले ड्रोन परीक्षण गरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया