Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

एजेन्सी, ९ चैत २०७९ । भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई एक अदालतले २ वर्षको जेल सजाय सुनाइएको छ ।

गुजरातको सुरत जिल्ला अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीको मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाइएको हो । तर गान्धी जेल भने जाने छैनन् । किनकी जेल सजाय सुनाइएपछि नै उनलाई जमानतमा छाड्न समेत आदेश दिइएको छ ।

सन् २०१९ मा नै गान्धीलाई आपराधिक मानहानी मुद्दामा दोषी ठहर गरिएको थियो । त्यस बेला उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै मोदी थरको विषयमा भद्दा टिप्पणी गरेका थिए । उनलाई यस्तो आदेश दिएपनि तत्कालै अदालतले १० हजार धरौटीमा रिहा गर्न पनि आदेश दिएको छ ।

 

तपाईको प्रतिक्रिया