Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

एजेन्सी, ९ चैत २०७९ । मेरिल्याण्डमा बुधबार भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले बताएका छन् ।

सडकमा मर्मतसम्भार भइरहेका बेला तीव्र वेगमा हुइँकिएको एउटा कार अस्थायी रुपमा खडा गरिएको पर्खाल लडाएर काम भइरहेको स्थानमा आएर पल्टिएको थियो ।

उक्त कारको ठक्करबाट सडकमा काम गरिरहेका केही कामदार पनि घाइते भएका प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । गम्भीर घाइते भएका चालकलाई अस्पताल पु¥याइएको छ । दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

यसैबीच, म्यान्माको याङ्गुन–माण्डले राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य १४ जना घाइते भएका राजमार्ग प्रहरीले बताएको छ । दुवै मृतक पुरुष हुन् ।

 

तपाईको प्रतिक्रिया