Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

एजेन्सी, ९ चैत २०७९ । केलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् ।

नियमित कप्तान तथा गोलकिपर हुगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स फुटबल संघले जनाएको छ । लोरिसले गत जनवरीमा सन्यास घोषणा गरेका थिए । २४ वर्षीय एमबाप्पेले २०१७ मा फ्रान्सका लागि डेब्यु गरेका थिए ।

यस्तै फ्रान्सले एन्टोनी ग्रीजम्यानलाई उपकप्तान चयन गरेको छ ।

एमबाप्पेको कप्तानीमा फ्रान्सको पहिलो खेल शुक्रबार युरो छनोट अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध हुनेछ ।

 

तपाईको प्रतिक्रिया