Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ८ चैत २०७९ । अनन्त तामाङको गोलमा नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा लाओसविरुद्ध अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको २९ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् । राष्ट्रिय टोलीका लागि अनन्तको यो तेस्रो व्यक्तिगत गोल पनि हो ।

एरिक विष्टको कर्नरमा अनन्तले हेडर गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएका हुन् । अनन्तले यसअघि लाओससँगको खेलमा नै गोल गरेका थिए ।

त्यसअघि खेलको पाँचौ मिनेटमा आयुष घलानको क्रस नवयुग श्रेष्ठले भेट्न नसक्दा नेपाल अग्रता बनाउनबाट चुकेको थियो । १८औँ मिनेटमाा पुजन उपरकोटीको प्रहार पोष्टको माथिबाट आकाशिएको थियो ।

यो खेलमा एपीएफ फुटबल क्लबका सनिस श्रेष्ठले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । दशरथ रंगशालामा भइरहेको खेलमा नेपाल र लाओस ६ वर्षपछि भेट भएका हुन् ।

तपाईको प्रतिक्रिया