Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

एजेन्सी, ८ चैत २०७९ । अफगानिस्तानमा मंगलबार राति गएको शक्तिशाली भूकम्पमा परी उत्तरी पाकिस्तानमा केही मानिसको मृत्यु भएको छ ।

भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ ।

राति पौने ११ बजे पाकिस्तान र ताजकिस्तानको सीमा क्षेत्र नजिक केन्द्र विन्दु भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीदेखि चीन, ताजकिस्तान, उजवेकिस्तान, किर्गिस्तानलगायतका मुलुकमा महसुश भएको जनाइएको छ ।

पाकिस्तानको खाइबर पख्तुन्वा क्षेत्रमा भूकम्पबाट निकै ठूलो क्षति पुगेको बताइएको छ । भूकम्पपछि त्यस क्षेत्रमा पहिरो जाँदा बढी क्षति भएको हो ।

स्वात उपत्यकामा रहेका अस्पतालमा ठूलो संख्यामा घाइतेहरु भर्ना भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया