Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २५ फागुन २०७९ । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । भारतीय सञ्चार माध्यम ‘दि इन्डियन एक्सप्रेस’ का अनुसार केही दिनअघि दिल्लीको गुरुग्राममा आफन्त भेट्न गएका कौशिकलाई हृदयाघात भएको थियो । हृदयाघातपछि उहाँलाई दिल्लीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता कौशिकका नजिकका साथी एवं अभिनेता अनुपम खेरले आफूले प्रिय साथी गुमाएको भन्दै कौशिकको निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले ट्विटरमा आफूहरूबीचको ४५ वर्षको मित्रतामा पूर्णविराम लागेको उल्लेख गर्नुभएको हो ।

पोस्टमार्टमका लागि कौशिकको शव मुम्बई ल्याइने भएको छ । सन् १९६५ अप्रिल १३ को दिन भारतको हरियाणामा जन्मिएका कौशिक अभिनय, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा सक्रिय थिए ।

उहाँको निर्देशनमा बनेको चलचित्र ‘तेरे नाम’ले निकै चर्चा पाएको थियो ।

 

तपाईको प्रतिक्रिया