Online Bichar
आइतबार, माघ १३, २०८१ | Sunday, January 26, 2025

दमक, १९ फागुन २०७९ । लायन्स क्लव ईन्टरनेशल डिस्ट्रिक ३२५ सि (Lions Club International Multiple District 325 मा सेकेण्ड भाइस गर्भनरमा लायन्स क्लव अफ झापा दमकले उम्मेद्वार बनाएका लायन्सका लोकप्रीय लिडर अजय अग्रवालाई साझा उम्मेद्वारको रुपमा अघि बढाइने भएको छ ।

दमक सहित पुर्वका अधिकाँश लायन्स क्लव तथा त्यसका लिडरहरुले अग्रवालको लायन्समा रहेको योगदानलाई कदर गर्दै साझा उम्मेद्वारको रुपमा अघि सार्ने निर्णय भएको हो ।

दमकमा भएको छलफलले यस्तो निर्णय लिएको हो । यसभन्दा अघि समेत बारम्बार रुपमा अग्रवाललाई अघि सार्न खोजिएपनि सर्वसम्मत नेतृत्वका लागि उनले त्याग गर्दै आएको र यसपटक डिस्ट्रिकमा उनलाई अघि सार्ने निर्णय भएको हो ।

डिस्ट्रिकमा यो पटक यस पदमा झापाका उम्मेद्वार उठाउने सहमति भएको थियो । अघिल्लो पटक सर्वसम्मत नेतृत्व चयनका लागि अग्रवाललाई उम्मेद्वार नबन्न आग्रह गरिएको र उक्त सहमति बमोजिम नै अग्रवालाई साझा उम्मेद्वारको रुपमा अघि सारिएको लायन्स क्लव अफ झापा दमकका अध्यक्ष अशोक चौधरीले बताए ।

अघिल्लो पटक लायन्सका सबै अगुवाहरुले अग्रवाललाई नै अघि सार्ने भनेर साझा प्रतिबद्धता गरेको र सोहि प्रतिबद्धता बमोजिम अग्रवालाई साझा उम्मेद्वारको रुपमा अघि सारिएको समेत चौधरीको भनाईरहेको छ ।

सेवामूलक सामाजिक संस्थाको रुपमा रहेको लायन्समा बिगतको प्रतिबद्धतालाई कसैले पनि नभुल्ने भनेकाले हामीले अग्रवालाई अघि सारेका छौ र सर्वसम्मत हुनेमा विस्वस्थ छौ, उनको भनाई रहेको छ ।

लायन्स क्लव अफ झापा दमकका सचिव विष्णुप्रसाद पोखरेलका अनुसार लायन्स क्लव ईन्टरनेशन ३२५ सि मा अग्रवालको उम्मेद्वारीको बिषयमा अघिल्लो पटक नै सहमति भएको र उक्त सहमति पालना हुने जनाए । सहमति अनुसार अग्रवाल सर्वसम्मत रुपमा सेकेण्ड भ्याइस गर्भनरमा निर्वाचित गराउन लायन्सका सबै लिडररु लाग्नुहुनेछ, उनको भनाई छ । लायन्सका पुराना लिडर गोपाल अग्रवालले आफु समेत दाबीमा रहेपनि बिगतको सहमतिलाई मध्य नवर गर्दै अब अजय अग्रवाललाई नै अघि सारिएको बताए । उनले निर्विवाध रुपमा उनी सर्वसम्मत बन्नेमा आफु आशाबादी रहेको जनाए ।

 

तपाईको प्रतिक्रिया