एजेन्सी, १६ फागुन २०७९ । स्पेस एक्सका संस्थापक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्क पुनः विश्वकै सबै भन्दा धनी व्यक्ति बनेका छन् ।
ब्लूम बर्गको पछिल्लो तथ्यांक अनुसार केही समय अघि दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन् । गत डिसेम्बरदेखि फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटानका सीईओ बर्नार्ड अर्नाल्ट पहिलो नम्बरमा रहेका थिए ।
टेस्लाको स्टक मूल्यमा बढोत्तरी भएसँगै मस्क पुनः पहिलो नम्बरमा आएका हुन् । मस्कको अहिले कुल सम्पत्ति १८७ दशमव १ विलियन डलर पुगेको छ । अर्नाल्टको सम्पत्ती १८५ दशमलव ३ विलियन डलर रहेको छ ।
विद्युतीय कार निर्माण टेस्लाको शेयर सन् २०२३ सुरुदेखि नै बढिरहेको छ । सन् २०२२ को अन्त्यमा २ सय विलियन डलरको सम्पत्ति गुमाएर मस्क इतिहासमै सबै भन्दा धेरै नोक्सान ब्यहोर्ने धनाढ्य पनि बनेका थिए ।
गत डिसेम्बर मस्कको सम्पति १ सय ३७ विलियन डलरमा झरेको थियो ।