Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

काठमाडौं, १६ फागुन २०७९ । प्रधानमन्त्री पुष्पकमल दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त हुनुभएको छ ।

यहि फागुन ११ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री दाहालको निजी चिकित्सकको रुपमा डा. शर्मा नियुक्ति हुनुभएको हो । सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको डा. शर्माले बताउनुभयो ।

डा. शर्मा हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया