काठमाडौं, १३ फागुन २०७९ । नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईँ निस्कासित भएका छन् । आज शनिबार बसेको नेकपा एमालेको सोह्रौ सचिवालय बैठकले पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न भएको भन्दै केन्द्रिय सदस्यबाट हटाउने निर्णय गरेको हो ।
मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अतिथी बनाएर झापामा राजनीतिक कार्यक्रम गरेका थिए ।
त्यसपछि पार्टीले कारबाही गर्ने तयारी गरेपछि प्रसाईँले एमाले छाडेको घोषणा गरेका थिए ।