झापा, ४ फागुन २०७९ । नेपाल रेडक्रस सोसाइटी झापाको सभापतिमा लोकराज ढकाल पुनः निर्विरोध चयन भएका छन् । योसँगै ढकाल सभापतिमा चौथो कार्यकालका लागि निर्विरोध चयन भएका हुन् । यसअघिका तीन कार्यकालमा पनि ढकाल निर्विरोध सभापति चयन भएका थिए ।
सहमतिका आधारमा बिहीबार सभापति सहित पदाधिकारी र महिला सदस्य निर्विरोध चयन गरिएको हो । जसअनुसार उपसभापतिमा मित्रदेव काफ्ले र मञ्जु सिटौला पोखरेल, मन्त्रीमा चन्द्रप्रसाद चुँडाल, कोषाध्यक्षमा ओमप्रकाश गौतम, उपमन्त्रीमा प्रकाशचन्द्र खरेल र उपकोषाध्यक्षमा हेम खड्का चयन भएका छन् ।
त्यस्तै महिला सदस्यमा सिता भण्डारी (भद्रपुर), कुसुम कोइराला९मेचीनगर० र शर्मिला अधिकारी९भद्रपुर० निर्विरोध चयन भएका छन् । रेडक्रस झापाको ७ जना खुला सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको छ । शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको र त्यो समयमा पनि सहमति नभए शनिवार मतदानमार्फत सदस्य चयन गरिने रेडक्रस झापाले जनाएको छ । आगामी तीन बर्से कार्यकालका लागि जिल्लाका २६ वटा रेडक्रस उपशाखाबाट छनौट भएका जिल्ला प्रतिनिधिहरूले १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछन् ।