Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, ४ माघ २०७९ । चीनमा स्वास्थ्य सुविधामा कटौती गरिएको भन्दै ज्येष्ठ नागरिकहरू प्रदर्शनमा उत्रिएका छन् । वुहान र दालिआन शहरका ज्येष्ठ नागरिकरू बढ्दो महँगी अनुसार भत्ता नपाएको र स्वास्थ्य सुविधा कटौती गरिएको विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

सरकार विरोधी प्रदर्शन विरलै हुने चीनमा केही महिना अघि कठोर कोभिड नीति विरुद्ध देशब्यापी प्रदर्शन भएको थियो भने अहिले ज्येष्ठ नागरिकहरू सडकमा उत्रिएका छन् ।

कोभिडबाट ठूलो संख्यामा मानिसहरू प्रभावित भएपछि चीनका विभिन्न प्रान्तीय सरकारहरूले स्वास्थ्य वीमामा कडाई गरेका थिए भने सरकारी सेवा निवृत्तहरूले पाउने स्वास्थ्य सुविधा पनि कटौती गरिएको छ ।

प्रदर्शनमा उत्रिनेहरूमा फलाम तथा स्टिर उद्योगबाट सेवा निवृत्त कामदारहरू रहेका छन् । ज्येष्ठ नागरिकहरूको प्रदर्शनलाई तीन वर्षदेखिको कोभिड समस्याले चिनियाँ समाजमा पारेको असरको रुपमा विश्लेषण गरिएको छ ।

 

तपाईको प्रतिक्रिया