Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

काठमाडौं, २ फागुन २०७९ । फाइजरको बुस्टर डोज बाइभ्यालेन्टको ३ लाख ४५ हजार ६०० खोप नेपाल भित्रिएको छ ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा। सर्वेश शर्माले सोमबार पहिलो चरणअन्तर्गत ३ लाख ४५ हजार ६०० डोज खोप भित्रिएको जानकारी दिनुभयो ।

१५ लाख डोज आउनुपर्नेमा पहिलो चरणमा फाइजरको बुस्टर डोज बाइभ्यालेन्ट भित्रिएको शर्माले जानकारी दिनुभयो । कोभ्याक्स सुविधानअन्तर्गत प्राप्त यो खोप नेपालका लागि पहिलो हो ।

अब फागुन ४,८ ,११ र १५ गते क्रमिक रूपमा यो खोप आउने स्वास्थ्य सेवा विभागले जनाएको छ । महाशाखाका निर्देशक शर्माका अनुसार गाभीमार्फत प्राप्त उक्त खोपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने छ ।

केही दिनमा सबै प्रदेशहरुमा आवश्यकता अनुसार पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ । छिमेकी देश चीनमा ओमिक्रोनको उपप्रजाति बी।एफ। ७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया