Online Bichar
आइतबार, माघ २७, २०८१ | Sunday, February 9, 2025

काठमाडौं, २ फागुन २०७९ । काठमाडौंको नयाँ बसपार्कस्थित ल्होत्से मलमा सोमबार भएको लुटपाटमा संलग्नहरुलाई कारवाही गर्न मोबाइल व्यवसायीले माग गरेका छन् ।

ब्यवसायीहरुले ८ देखि १० करोडसम्मको मोबाइलहरु लुटिएको बताएका छन् । यातायात मजदुरहरुको प्रदर्शनका क्रममा सोमबार ल्होत्से मलमा रहेका मोवाइल पसलहरुमा लुटपाट भएको थियो । ब्यवसायीहरुले लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा मोबाइल पसलमा लुटपाट भएको थियो । नेपाल मोबाइल व्यवसायी संघले ८ देखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको दावी गरेको छ ।

घटनाको बारेमा जानकारी दिन मोबाइल व्यवसायीहरुले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरिने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया