Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १ फागुन २०७९ । यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीका दुईवटा भ्यानका साथै माछापोखरीस्थित अस्थायी प्रहरी बिटमा आगजनी गरेका छन् । यस्तै प्रदर्शनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् ।

ट्राफिक नियमविरुद्ध यातायात मजदुरहरुले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारी साधन तेस्र्याएर सडक अवरुद्ध गरेका छन् ।

मंगलबार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रको सडकमा सवारी साधन तेस्र्याएर सडक अवरुद्ध गरेका हुन् । बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको थियो । यातायात मजदुरहरुले सडकमा सवारी साधन तेस्र्याएर बिरोध जनाएसँगै बालाजु चोकबाट माछापोखरीसम्म सडक अवरुद्ध भएको थियो ।

पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध आफूहरुले सडक अवरुद्ध गरेको चालकहरुले बताए । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेस्याइएको थियो । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् । यातायात अवरुद्ध हुँदा सो रुट भएर गन्तव्यमा जाने यात्रुहरु अलपत्र परेका थिए । उनीहरु हिँडेरै गन्तव्यस्थल जान बाध्य भएका थिए ।

 

तपाईको प्रतिक्रिया