Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

काठमाडौं, २९ माघ २०७९ । श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले आइतबार सरकारी अस्पतालहरूमा अत्यावश्यक एवं अन्य किसिमका शल्यक्रियाहरू स्थगित गरिएको घोषणा गरेका छन्। मन्त्रीका अनुसार यी अवरोध अस्थायी प्रकृतिको हो सेवा पुनः छिट्टै सञ्चालन गरिने छ।

श्रीलङ्का मेडिकल एसोसिएसन, राष्ट्रिय व्यावसायिक चिकित्सा संघले औषधि, सर्जिकल उपकरण र प्रयोगशालामा प्रयोग हुने रसायनको अभावलाई अहिले नै सम्बोधन नगरे देशको स्वास्थ्य क्षेत्रले केही साताभित्रै गम्भीर सङ्कटको सामना गर्ने चेतावनी दिएपछि यो निर्णय सार्वजनिक भएको हो ।

विदेशी मुद्राको भुक्तानी सन्तुलनको सङ्कटका कारण श्रीलङ्काले सन् २०२२ देखि चिकित्सा अभावको सामना गरिरहेको छ र गत वर्ष बढ्दो मुद्रास्फीतिका कारण औषधिको मूल्य पनि बढेको छ। श्रीलङ्का देशको औषधि आवश्यकताको लगभग ८५ प्रतिशत र यसको चिकित्सा आपूर्तिको लगभग ८० प्रतिशत आयातमा निर्भर रहने गरेको छ।

तपाईको प्रतिक्रिया