Online Bichar
आइतबार, बैशाख ०२, २०८१ | Sunday, April 14, 2024

झापा, २९ माघ २०७९ । झापामा १ लाख भन्दा बढी मूल्य बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । मेचीनगर नगरपालिका-४ स्थित गैरीगाउँबाट १ लाख १२ हजार रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको हो ।

शनिबार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको कपडा, झोला र विभिन्न पूजामा प्रयोग हुने सामानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । थप आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया