Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २४ माघ २०७९। स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा। सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्यमन्त्री पदम गिरी समक्ष राजीनामा बुझाएका हुन् । डा। उप्रेतीले राजीनामा बुझाएको स्वीकार गरे । राजीनामाका विषयमा उनीसँग जिज्ञासा राख्दा उनले परिस्थितिको उपज भएको प्रतिक्रिया दिए ।

पूर्व स्वास्थ्य सचिव समेत रहेका उप्रेतीलाई सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
‘मैले राजीनामा दिनुमा केही कारण छन् । वोर्ड व्यवस्थापन गम्भीर नहुनु र स्वास्थ्य बीमा गति पनि लिन सकेन, व्यवस्थापन स्वस्थ्य पनि भएन । कतिपय कानुनी बाधाका कारण काम गर्न सकिएन ।

यसमा कानुनी देखि राजनैतिक कारण होलान् । बीमा प्रभावकारी ढंगले अघि बढ्न नसक्नुमा, यस्तो थाहा हुँदा हुँदै म त्यहाँ बसिरहनु उपयुक्त नलागेकाले राजीनामा दिए,’डा। उप्रेतीले भने ।

सहज र गुणस्तरीय सेवा दिन नसक्दा पाँच वर्षभित्र तीन करोड नागरिकलाई समेट्ने महत्वाकांक्षी लक्ष्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता माथि नै प्रश्न उब्जिएको छ ।

विसं २०७२ साल देखि सुृरु भएको स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा पुगे पनि झन् झन् सेवा फितलोको कारण असफलको बाटोमा जाँदै छ ।

 

तपाईको प्रतिक्रिया