Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २० माघ २०७९ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । शुक्रबार उक्त मुद्दाको सुनुवाइमा न्यायाधीश हरि फुयाँलको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात झिकाउन आदेश दिएको हो ।

जबरजस्ती करणीको मुद्दा खेपेका सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो । उक्त आदेशलाई बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीपलाई थुनामा राख्नुको साटो धरौटीमा छाड्ने उच्च अदालतको आदेश प्रचलित कानून र न्यायिक सिद्धान्त विपरीत रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

धरौटीमा रिहा भएका सन्दीपलाई क्रिकेट संघ ९क्यान० ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ । बलात्कारजस्तो जघन्य अपराधको टुंगो नलाग्दै सन्दीपलाई राष्ट्रिय टिममा फर्काइँदा त्यसले अन्तर्राष्ट्रियस्तरमा समेत प्रश्न उठाउने जोखिम छ ।

 

तपाईको प्रतिक्रिया