काठमाडौं, १९ माघ २०७९ । सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश हुनुभएको छ । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश हुनुभएको हो ।
लामिछाने बिहीबार देखि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा जोडिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।