Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १२ माघ २०७९ । नेपाल क्रिकेट संघ (क्यान) ले धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा जुटेको बताएको छ । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा जुटेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार हामी अघि बढ्छौँ।’

उहाँले लामिछानेलाई टिममा कसरी फर्काउन सकिन्छ भनेर हामी सरोकारवालाबीच छलफलमा भइरहेको बताउनु भयो ।

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

 

तपाईको प्रतिक्रिया