Online Bichar
सोमबार, भाद्र २९, २०८३ | Monday, September 14, 2026

काठमाडौं, ९ माघ २०७९ । नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ प्रकरणमा दुई क्रिकेटर पक्राउ परेका छन्। पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम रहेको सीआईबीका एक प्रहरी अधिकृतले बताउनुभयो। केन्द्रीय अनुसन्धान ब्युरोद्वारा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

गत महिना भएको टी-२० लिग सुरुदेखि नै विवादमा परेको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको लिगमा स्पट फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमिल्सेनाले लिग छाड्नु भएको थियो।

यस्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलपछिको पत्रकार सम्मेलनमा आफ्नो टिमका खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गर्नुभएको थियो।

सुरूदेखि नै विवादमा परेको लिगमा स्पट फिक्सिङ भएको भन्ने उजुरीपछि सिआइबीले अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया