Online Bichar
शुक्रबार, माघ २०, २०७९ | Friday, February 3, 2023

काठमाडौं, ५ पुस २०७९। अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीलाई बीबीसीले यो वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको छ ।

बीबीसीले हरेक वर्ष प्रदान गर्दै आएको बीबीसी स्पोर्ट्स पर्सनालिटी अन्तर्गत यो वर्षको ‘वर्ल्ड स्पोर्ट स्टार’ अवार्डबाट मेस्सीलाई सम्मानित गर्ने भएको हो ।

३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जिताएका थिए । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट–जर्मेनका फरवार्डले आफ्नो पाँचौं विश्वकपमा सात गोल गरेपछि प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलको अवार्ड समेत जितेका थिए । यो जितसँगै मेस्सीले आफुलाई विश्व फुटबलका महान हस्तीहरु पेले र म्याराडोनाकै दर्जामा आफुलाई उभ्याएको कतिपय फुटबल पण्डितहरुको तर्क छ ।

मेस्सीले विश्वकपको फाइनलमा दुई गोल गरेका थिएभने पेनाल्टी सुटआउटमा पनि एक गोल गरेका थिए । बीबीसीले वर्षभर विश्व स्तरमा सबैभन्दा उल्लेखनीय खेलकुद सफलता हासिल गर्ने खेलाडीलाई ‘वल्र्ड स्पोर्ट स्टार अफ द इयर’ अवार्डबाट सम्मानित गर्ने गरेको छ ।

अघिल्लो वर्ष आयरल्याण्डकी घोडचढी खेलाडी रचेल ब्ल्याकमोरले यो अवार्ड जितेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया
--> -->