Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २७ मंसिर २०७९ । पोल्यान्डको राजधानी शहर वार्सामा नेपाली कन्सुलर कार्यालय स्थापना भएको छ । नेपाली समुदाय एवं बवदेशी कूट्नीतिक क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा यही डिसेम्बर ९ मा पोल्यान्डका लागि नेपाली कन्सुलर कार्यालयको विधिवत सुरुवात गरिएको हो ।

जर्मनीका लागि नेपाली राजदुत रामकाजी खडकाले कार्यालयको उद्घाटन गर्दै पोल्यान्डमा रहेका नेपालीको हकहितको लागि आफू र नेपाली दूतावासको तर्फबाट सक्दो सहकार्य गर्ने प्रतिबद्ता व्यक्त गर्नुभयो ।

पोल्याण्डको समेत गैर आवासीय राजदूत खडकाले कन्सुलर कार्यालयको स्थापनाले दुई देशको मात्र नभई पोल्यान्डमा रहेका नेपालीको समस्या सम्बोधन गर्नसमेत सहयोग पुग्ने बताउनुभयो ।

नेपाल सरकारले हालै मात्र डा. बोधराज सुवेदीलाई पोल्यान्डका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । करिब ६३ वर्ष लामो कूटनीतिक ,राजनीतिक र सांस्कृतिक सम्बन्ध रहेको पोल्यान्डमा पहिलोपटक नेपाल सरकारले अवैतनिक वाणिज्यदूत नियुक्त गरेको हो ।

लामो समयदेखि पोल्यान्डलाई कर्मथलो बनाउँदै आउनुभएका डा. सुवेदीको पहलमा आफ्नै निवासमा कार्यालय स्थापना भएको हो । अवैतनिक वाणिज्यदूत डा। सुवेदी त्यहाँ रहेका नेपालीहरुको हक हितमा सकृयतापुर्वक लागेका व्यक्ति हुनुहुन्छ । पेसाले बरिष्ठ चिकित्सक समेत रहनु भएका डा सुबेदी गैर आवासीय नेपाली संघ पोल्याण्डका प्रमुख संरक्षक र संस्थापक अध्यक्ष समेत रहनुभएको छ । डा। सुवेदीले पोल्यान्डसहित युरोपमा रहेका नेपालीहरुलाई समेत आफ्नो सेवा दिइरहनु भएको छ ।

अवैतनिक वाणिज्यदूत डा। सुवेदीले बिना स्वार्थ नेपाल र नेपालीका लागि निरन्तर लागिरहेको र आफूलाई प्राप्त यस जिम्मेवारीले अझ थप प्रेरणा,उmर्जा र हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सबै पोल्याण्डबासी नेपालीको हकहित र अधिकारका निमित्त कानुनी र सांगठनिक रुपमा सक्दो सहयोग र सहकार्य गर्नेछु । हाल पोल्यान्डमा मात्र पाँच हजारभन्दा बढी नेपालीहरु बसोबस गरिहेका छन् ।’’

 

तपाईको प्रतिक्रिया