Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २६ मंसिर २०७९ । विश्व फुटबल महासङ्घ ९फिफ० ले कतारमा जारी २२औँ फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा छुट्टै बल खेलाउने भएको छ । फिफाले सेमिफाइनल र फाइनलमा खेलाउने बलको नाम ‘अल हिल्मु’ राखेको छ ।

अरबी भाषमा जसको अर्थ ‘सपना’ हो । फिफाले यस अघिल्लो चरणमा खेलाएको ‘अल रिह्ला’ बलमा जस्तै ‘अल हिल्मु’ बलमा पनि ‘मोसन सेन्सर’ प्रविधि जडान गरिएको जनाएको छ । ‘अल हिल्मु’ बल एडिडास कम्पनीले नै तयार पारेको हो ।

फिफाले यसअघि समूह चरण, प्रिक्वार्टर र क्पार्टरफाइनलमा खेलाउँदै आएको ‘अल रिह्ला’ बल पनि एडिडास कम्पनीले बनाएको थियो । फिफाका अनुसार कतार विश्वकपमा प्रयोग भएको बलले यसै संस्करणबाट प्रयोगमा ल्याइएको सेमी–अटोमेटेड अफसाइड प्रविधि र भिएआर प्रविधिलाई समेत थप सघाएको छ ।

कतार विश्वकपको सेमिफाइनलमा साबिक विजेता फ्रान्स, साबिक उपविजेता क्रोएसिया, पूर्व विजेता अर्जेन्टिना र नयाँ टोली मोरोक्कोले स्थान बनाएका छन् । सेमिफाइनलमा मंगलबार राति अर्जेन्टिना र क्रोएसिया तथा बुधबार राति मोरोक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी

 

 

तपाईको प्रतिक्रिया